ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजना निरीक्षण गर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताको टोलीसँग कुरा गर्दै उनले आफू छिट्टै राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला योजनाको स्थलगत निरीक्षणमा निस्कने बताए ।
उनले प्रदेशका मन्त्रालयको सङ्ख्या कम गरेर मितव्ययिता र सुशासन कायम राख्ने पनि बताए । उनले भने “म छिट्टै राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजना निरीक्षणमा निस्कँदै छु । यसरी मात्र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता हासिल गर्न सकिन्छ । त्यसका लागि आवश्यक तयारी गर्न‘होला ।”
प्रधानमन्त्रीले अनुगमन गर्न लाग्नुभएका आयोजनामध्ये धेरैको प्रगति सन्तोषजनक छैन । पन्ध्रौँ आयोजना अवधिभित्र राष्ट्रिय गौरवका अधिकांश आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिइए पनि त्यसअनुसार आयोजनाको काम अगाडि बढ्न सकेको छैन ।
पन्ध्रौँ आयोजनाको अवधि सकिन मात्र डेढ वर्ष बाँकी रहँदा अहिलेसम्म मेलम्ची खानेपानी आयोजना (अस्थायी रूपमा), माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, भैरहवा र पोखरा क्षेत्रीयरअन्तर्राष्ट्रिय विमानस्थल निर्माणबाहेक अन्य राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति अपेक्षाभन्दा न्यून देखिएको छ ।
पन्ध्रौँ आयोजनाको अवधि आर्थिक वर्ष २०८०/८१ सम्म रहेको छ । कामलाई तीव्रता दिन राष्ट्रिय गौरवका आयोजनामा बर्सेनि करिब ८० अर्ब रुपियाँ विनियोजन हुँदै आएको छ ।
सर्वप्रथम आर्थिक वर्ष २०६८/६९ मा १७ वटा आयोजना राष्ट्रिय गौरवको सूचीमा समावेश गरिएको थियो । दोस्रो पटक आर्थिक वर्ष २०७०र७१ मा चारवटा र तेस्रो पटक आर्थिक वर्ष २०७५/७६ मा राष्ट्रिय गौरवका एक आयोजना थप गरिएको थियो । राष्ट्रिय योजना आयोगले अहिले राष्ट्रिय गौरवका आयोजनाको सङ्ख्या २१ वटा निर्धारण गरेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS