काठमाडौं । आयन विक्रेता सीजी मोटर्सले ग्राहकहरूको इलेक्ट्रिक कार खरिद प्रक्रिया अझ सहज र फाइदाजनक बनाउन ‘द एक्स्ट्राओर्डिनरी चेन्ज अफर’नामक विशेष योजना सार्वजनिक गरेको छ।
यस विशेष अफरअन्तर्गत आयन वाई वा आयन भीमा अपग्रेड गर्न चाहने ग्राहकहरूले ६.३ प्रतिशत ब्याजदर, क्यास सुविधा, पुरानो सवारीको एक्सचेन्ज बोनस, साथै कालो–डेकर कार धुने मेसिन र भ्याकुम क्लिनर जस्ता आकर्षक उपहारहरू पाउनेछन्।
आयन मोडेलका विशेषताहरू
ड्राइभिङ दूरीः ५०० किलोमिटर
ब्याट्रीः ६१.३ किलोवाट आवर म्यागजिन ब्याट्री

आयन भी एलिट– आफ्नो वर्गमा उत्कृष्ट सुविधा सहितः

ड्राइभिङ दूरीः ५२० किलोमिटर

ब्याट्री प्रकारः म्यागजिन ब्याट्री

आयन भी लक्जरी उच्चतम सुविधा सहितः

ड्राइभिङ दूरीः ६५० किलोमिटर
ब्याट्री क्षमताः ७५.३ किलोवाट आवर
८–प्वाइन्ट मसाज सिट (चालक र सह–चालकका लागि)
इन–बिल्ट फ्रिज (६.६ लिटर क्षमता)
मूल्यः
आयन वाई – रु ५८.५० लाख
आयन भी एलिट – रु ६४.९९ लाख
आयन भी लक्जरी – रु ६९.९९ लाख
FACEBOOK COMMENTS