आकाश गोल्छा
प्रबन्ध निर्देशक, जिओ अटोमोबाइल्स प्रालि
वरिष्ठ उपाध्यक्ष, नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल
यो पटकको नाडा अटो शोमा फोर्डले सहभागिता जनाउँदैन । किनभने यो वर्ष फोर्डका कुनै पनि नयाँ गाडी नेपाल भित्रिएका छैनन्, गत वर्ष जे आएको थियो त्यत्तिमात्रै हो । तर, म आफू आवद्ध रहेको सांग्रिला मोटर्सबाट प्युजो र सेट्रोन कार तथा केटीएम इन्टरनेशनलबाट बेनेली मोटरसाइकल तथा स्कुटर र अरु विभिन्न कम्पनीका प्रडक्टहरूमार्फत नाडा अटो शोमा सहभागिता रहेको छ ।
साथै नयाँ ईभी ब्राण्ड पनि ल्याउँदैछौँ । १२० किलोवाट क्षमता भएको केइ ब्राण्डका ५० लाख भन्दा कम मूल्य पर्ने इलेक्ट्रिक कार ‘केइ एक्स–थ्री प्रो’ यो मेलाको आकर्षणको रूपमा रहने छ । सोही कम्पनीको फोर र टू डोरको ह्याचव्याक कार पनि यो शोमा उपलब्ध हुने छ । १२० किलोवाट क्षमताको ५० लाख रूपैयाँ भन्दा कम मूल्यमा आउने गाडी नेपालमा ‘केइ एक्स–थ्री प्रो’ मात्रै हो ।
४६ लाख ९९ हजार रूपैयाँ पर्ने ‘केइ एक्स–थ्री प्रो’मा ५३.६ किलोवाट आवर क्षमताको लिथियम आयोन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ । यो कारले सिङ्गल चार्जमा ४०१ किलोमिटरसम्मको रेञ्ज दिन्छ भने ७ किलोवाट क्षमताको एसी चार्जर रहेकाले ८ घण्टामा फुल चार्ज हुन्छ । १०० किलोवाटसम्मको चार्जर सपोर्ट गर्ने एसयूभीलाई आधा घन्टामा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने छ । एक्स–३ प्रो मोडलको लम्बाई ४ हजार ४०० मिलिमिटर, चौडाई १ हजार ८३१ मिलिमिटर र उचाइ १ हजार ६५३ मिलिमिटर छ । पाँच सिट क्षमताको एसयूभीमा दुई हजार ६३२ एमएम लामो ह्वीलबेस छ ।
शोमा बेनेलीका सुपर बाइक र लाइनअपहरू पनि प्रदर्शनी गरिने छ । यो पटकको नाडा अटो शो विगतका भन्दा भिन्न छ । यहाँ ईभी ब्राण्डहरू धेरै छन् र उनीहरूका नयाँ–नयाँ भेरियन्टहरू नाडा अटो शोमै लञ्च गरिँदै छ । धेरै मोडलहरू पनि आएका छन् । जुन मोडल आइसकेका छैनन् तिनीहरूको समेत यहाँ घोषणा गरिने छ । त्यसकारण पनि यो शो निकै आकर्षक र रोमाञ्चक बन्ने छ । गाडी किन्न चाहानेहरू त आउनुहुन्छ नै किन्न नचाहानेहरूले पनि यो शो एकपटक भिजिट गर्नैपर्ने हुन्छ । थप पढ्न यहाँ क्लिक गर्नुहोस्–
भिडिओ हेर्नुहोस्–
FACEBOOK COMMENTS