काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले २००५ हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीको वैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीबाट १ः२ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । हाल यसको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट हकप्रद निष्कासन गर्न लागेको हो ।
कम्पनीले २० मेगावाट क्षमताको आँखुखोला –२ जलविद्युत आयोजनामा ६०५ लगानी गर्नका लागि हकप्रद सेयर निष्काशन गर्न लागेको जनाएको छ ।
यसको लागि कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृत लिई आगामी साधारण सभामा हकप्रद सेयर निष्कासन प्रस्ताव पेश गर्ने जनाएको छ ।
FACEBOOK COMMENTS