वीरगन्ज । कांग्रेस नेता मोहम्मद अफ्ताब आलमलाई सफाई दिने उच्च अदालत जनकपुर वीरगन्ज इजलासका न्यायाधीश डा. खुसीप्रसाद थारूमाथि कालोमोसो प्रहार भएको छ ।
बिहीबार वीरगन्जमा इजलास बसिरहँदा नेकपा बहुमतका कार्यकर्ताहरुले न्यायाधीश थारूमाथि कालोमोसो प्रहार गरेका हुन् ।
उनीहरुले जनताको कर खाने र जनताको विरुद्धमा फैसला गर्नेहरुमाथि नेकपा बहुमतले यसरी नै कारबाही गर्ने बताएका छन् । कालोमोसो प्रहार गरेपछि उनीहरुले भिडिओ बनाएर सार्वजनिक गरेका थिए ।
न्यायाधीश डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जेठ १४ गते जिल्ला अदालत रौतहटको जन्मकैदको फैसला उल्टाउदै आलमलाई सफाई दिएको थियो ।
FACEBOOK COMMENTS