भक्तपुर । भक्तपुरको मध्यपुर थिमि सहकारीले समाजप्रति उत्तरदायित्व कार्यक्रम अन्तर्गत मातातीर्थ औंशीको अवसरमा आमाहरूको संयुक्त मुख हेर्ने कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थामा आवद्ध रहेका ६० वर्ष पुगेका आमाहरूलाई पूर्वीय संस्कार अनुसार टिका लगाइदिएर उपहार दिएर सम्मान गरेको हो ।
भक्तपुरआमाहरूको सम्मान, सभ्य समाजको पहिचान नारा दिएर संस्थाले ५७ जना आमाहरूलाई संयुक्त रुपमा सम्मान गरेको संस्थाका सचिव अनिल श्रेष्ठले जानकारी दिए।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले सबै सहकारीलाई एउटै नजरले हेर्न नहुने बताए। उनले जेष्ठ नागरिक आमाहरूलाई वित्तीय संस्थाहरूमा हालै देखिएको विचलनहरूप्रति सचेत रहन आग्रह गरे ।
वडाध्यक्ष श्रेष्ठले सामाजिक कार्य गर्दै आएको, वार्षिक साधारण गरेको, आफ्ना सदस्यहरूप्रति जवाफदेही रहेको, सहकारी नीति बमोजिम सन्चालनमा रहेको र स्थानीयबासिन्दाले सञ्चालन गरेको संस्थामा तुलनात्मक रूपमा कम समस्याहरू देखिएको बताए ।
FACEBOOK COMMENTS