काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्षमा विनोद ज्ञवाली चयन भएका छन् ।
आइतबार साँझ बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्यहरूमध्येबाट ज्ञवालीलाई अध्यक्ष चयन गरेको हो ।
यसअघिका अध्यक्ष जगतबहादुर पोखरेलले राजनीनामा दिएपछि रिक्त पदमा ज्ञवालीलाई अध्यक्ष चयन गरिएको कम्पनीले जनाएको छ । सोही बैठकले जगतबहादुर राजनीनामा समेत स्वीकृत गरेको कम्पनी सचिव शिवप्रसाद ज्ञवालीले जानकारी दिए ।
FACEBOOK COMMENTS