धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी पत्नी आरजु राणामार्फत देउवाले उम्मेदवारी दर्ता गराएका हुन् । आरजुले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरा पुगेर देउवाको मनोनयन दर्ता गराएकी हुन् ।
प्रदेशसभा ‘ख’ मा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले मनोनयन दर्ता गराएका छन् ।
प्रधानमन्त्री देउवाको कार्य व्यस्तताको कारणले वारिसनामासहित प्रधानमन्त्री पत्नी राणा शनिवार बेलुका डडेल्धुरा पुगेकी थिइन् ।
देउवाको प्रस्तावक जिल्ला पार्टी सचिव हेमराज चटौत र समर्थकमा पार्टी जिल्ला उपसभापति डिल्लीराज जोशी रहेका छन् ।
FACEBOOK COMMENTS