गोरखा (आरुघाट) । गोरखाको आरुघाट गाउँपालिकाको आयोजनामा ‘ आरुघाट कृषि,पर्यटन तथा साँस्कृतिक महोत्सव २०८०’ आज देखि सुरु भएको छ ।
महोत्सव पुस २७ गतेदेखि माग ७ गतेसम्म सञ्चालनमा आउने आयोजकले बताएको छ ।
‘स्वच्छ हराभरा गोरखाको शान,आरुघाट गाउँपालिकाको पहिचान’ भन्ने मुल नाराको साथ मेला सुरु भएको हो ।
महोत्सवका मुख्य आकर्षहरुमा,कृषि उपजहरुको प्रदर्शन र बिक्री, रमाईलो खेल तथा मनोरञ्जन,विभिन्न साँस्कृतिक प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता,विभिन्न खानाका परिकारहरु हुने छन् ।
महोत्सवको सहकार्यमा पालिकाको १ देखि १० वटै वडा रहेको छ । मोहोत्सव आरुघाट गाउँपालिका वडा नम्बर ९ घरेलुचौरमा सञ्चालन छ ।
FACEBOOK COMMENTS