गोरखा । गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ९ का वडा सदस्य शंकर माझीको निधन भएको शोकमा गाउँपालिकामा विदा दिइएको छ ।
आरुघाट गाउँपालिका कार्यालय तथा मातहतका सम्पूर्ण वडा कार्यालय र विद्यालयमा बुधबार एक दिनका लागि शोक विदा दिइएको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए ।
आरुटारको लामबगरमा रहेको एक रुखबाट लडेर ३५ वर्षीय शंकर माझीको उपचारको क्रममा मृत्यु भएको हो ।
FACEBOOK COMMENTS