काठमाडौं । भारतीय कन्टेन्ट क्रियटर तथा अभिनेता आशिष चञ्चलानीले अभिनेत्री तथा मोडल एली अवरामसँग डेट गरिरहेको औपचारिक रूपमा पुष्टि गरेका छन् ।
चञ्चलानीले सामाजिक सञ्जालमार्फत एलीसँगको तस्बिर सार्वजनिक गरेका छन्, जहाँ उनले एलीलाई आफ्नो काखमा उठाएको देखिन्छ । उक्त तस्बिरसँगै उनले क्याप्सनमा ‘अन्ततः’ भन्दै सम्बन्धको संकेत दिएका छन् । अर्कोतर्फ एलीले समेत एक भिडियोमार्फत आशिषसँगको सम्बन्धबारे खुलासा गरेकी छन् । उनले भिडियोमा ‘राम्रो साथीबाट प्रेमीमा कहिले बदलियो थाहा नै भएन’ भन्दै आफ्नो भावना व्यक्त गरेकी छन् ।
आशिष चञ्चलानी लोकप्रिय युट्युबर तथा अभिनेता हुन् । हास्यप्रधान भिडियो र प्यारोडीले उनलाई ठूलो लोकप्रियता दिलाएको छ । उनका युट्युबमा मात्रै ३०.७ मिलियनभन्दा बढी सब्सक्राइबर छन् । यतिबेला उनी आफ्नो नयाँ वेभ सिरिज ‘एकाकी’ को तयारीमा व्यस्त छन् । यो सिरिज हास्य शैलीभन्दा फरक डरलाग्दो र कमेडीको मिश्रणमा तयार भइरहेको छ । सिरिजमा उनी लेखक, अभिनेता, निर्माता र निर्देशक सबै भूमिकामा सक्रिय रहनेछन् ।
स्वीडिश–ग्रीक मूलकी एली अवराम बलिउडमा सक्रिय छिन् । उनले २०१३ मा ‘बिग बोस ७’ मा सहभागी भएर चर्चा कमाएकी थिइन् । उनले ‘मिकी भाइरस’, ‘किस किस को प्यार करूं’, ‘नाम शबाना’ र ‘गुडबाइ’ जस्ता फिल्महरूमा अभिनय गरेकी छन् ।
FACEBOOK COMMENTS