काठमाडौँ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा विदेशी वस्तु तथा सेवाको आयात बढेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा आयात १ दशमलव ७ प्रतिशतले वृद्धि भई ४ खर्ब ७ अर्ब ७६ करोड रुपैयाँ बराबर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६ दशमलव २ प्रतिशतले कमी आएको थियो ।
शुक्रबार आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेको राष्ट्र बैंकले वस्तु आयात गरिने मुलुकका आधारमा भारत र चीनबाट भएको आयात क्रमशः २ दशमलव ४ प्रतिशत र ४२ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । तर सोही अवधिमा यता अन्य तेस्रो मुलुकतर्फको आयात भने २२ दशमलव ८ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।
वस्तुगत आधारमा तयारी पोशाक, एम।एस। तार, छड, बारतथा क्वाइल, रासायनिक मल, विद्युतीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, सुन, एम।एस।विलेट लगायतका वस्तुको आयात घटेको छ ।
FACEBOOK COMMENTS