काठमाडाैं । निर्वाचन आयोगले शहरी विकासन्त्री मेटमणी चाैधरीलाइ २४ २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएकाे छ । मन्त्री चाैधरीले चामल बाडेकाे भन्ने विषय सामाजिक संजालमा सार्वजनिक भएपछि आयोगले उनलाइ २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएकाे हाे ।
‘निर्वाचन आचारसहिता, २०७२ को दफा ४, सबैले पालना गर्नपने आचरण अन्तर्गत खण्ड न मा “कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” भन्ने व्यवस्था रहेको हुँदा तपाईले आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लङ्घन हुँदैन भनी पुष्ट्याई गर्ने आधार के छ ?’ आयोगले जारि गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
‘निर्वाचन आचारसंहिता, २०७९ को दफा छ को व्यवस्था बमोजिम आयोगको पूर्वस्वीकृति लिई त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन’ भन्ने व्यवस्था रहेको रहेकाे भन्दै सो व्यवस्था बमोजिम आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्य गर्दा निवाचन आयोगको कुनै पूर्व सहमति प्राप्त गरेको छ, छैन ?’ भनेर आयोगले उनीसँग साेधेकाे छ ।
विज्ञप्ति

