काठमाडौं । बलिउड अभिनेता अभिषेक बच्चन सामाजिक सञ्जालमा धेरै सक्रिय छैनन् । तर, उनी प्रायः आफ्ना कडा जवाफहरूले ट्रोल गर्नेहरूलाई चकित पार्छन् । अहिले भने अभिषेक बच्चनले सामाजिक सञ्जालमा गरेको एउटा पोष्टका कारण चर्चामा छन् ।
अभिषेक बच्चनले आफ्नो सामाजिक सञ्जालमा एउटा पोष्ट शेयर गरेका छन् । उक्त पोष्टमा लेखिएको छ, ‘म एक पटक गायब हुन चाहन्छु, म आफूलाई फेरी भीडमा फेला पार्न चाहन्छु । मसँग जे थियो, मैले त्यो सबै मेरा प्रियजनहरूलाई दिएँ । अब म आफ्नो लागि थोरै समय चाहन्छु ।’
उक्त पोष्ट शेयर गर्दै अभिषेकले क्याप्शनमा लेखेका छन्, ‘कहिलेकाहीँ आफूलाई भेट्नका लागि तपाईं सबैबाट मिसिङ हुनुपर्छ ।’
अभिषेकको उक्त पोष्टले सामाजिक सञ्जालमा धेरै प्रश्नहरू उठाइरहेको छ । अभिषेकको उक्त पोष्टमा मानिसहरूले आ–आफ्नै तर्क पेस गरिरहेका छन् । धेरैजसो फ्यानहरू अभिषेकको यस्तो पोष्ट देखेर छक्क परेका छन् भने कैयौँ चिन्तित पनि बनेका छन् ।
अभिषेक सामान्यतया यस्तो पोष्ट गर्ने गर्दैनन् । अभिषेकले प्रायः सामाजिक सञ्जालमा आफ्ना परियोजनाहरूको प्रचार गर्ने गर्दछन् र आफ्नो व्यक्तिगत जीवनलाई सामाजिक सञ्जालबाट टाढा राख्छन् । यस्तो अवस्थामा, अभिषेकको उक्त पोष्टपछि प्रशंसकहरूले यो उनको प्रचारात्मक पोष्ट हो कि भन्ने अनुमानसमेत गरेका छन् ।
कार्यक्षेत्रको कुरा गर्दा, अभिषेक बच्चन अन्तिम पटक हालै रिलिज भएको फिल्म ‘हाउसफुल ५’ मा देखिएका थिए । अभिषेक हाउसफुल फ्रेन्चाइजीमा फर्किएका छन् । यसअघि उनी ‘हाउसफुल ३’ मा पनि देखा परेका थिए ।
FACEBOOK COMMENTS