काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरधनी र कर्मचारीहरूलाई वितरण गरेको शेयरको लक–इन अवधि आगामी आइतबार समाप्त हुने भएको छ ।
कम्पनीले २०७९ साउन १८ गतेदेखि साउन २२ गतेसम्म आफ्ना कर्मचारीसहित सर्वसाधारणमा निष्काशन तथा बिक्री गरेको शेयरको लक–इन अवधि यही असार २९ गते आइतबार समाप्त हुने कम्पनीले जानकारी दिएको हो ।
लक–इन अवधि समाप्त भए पनि कम्पनीको सञ्चालक समितिका पदाधिकारी र व्यवस्थापन तहका कर्मचारीहरूले भने अवकाश लिएको एक वर्षपछि मात्रै शेयर खरिदबिक्री गर्न पाउने कम्पनीले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
कम्पनीले संस्थापकलाई १५ लाख २५ हजार र कर्मचारीलाई १२ हजार ५०० कित्ता शेयर वितरण गरेको थियो । सोही शेयरको लक–इन अवधि आगामी आइतबार समाप्त हुन लागेको हो । अभियानको शेयर रजिष्टार कुमारी क्यापिटल हो ।
यस्तो छ सूचना–
FACEBOOK COMMENTS