काठमाडौं । कात्तिक मसान्तसम्म विप्रेषण (रेमिट्यान्स) आप्रवाह २६.४ प्रतिशतले बढेर ४ खर्ब ७७ अर्ब ९६ करोड पुगेको छ ।
असोजको तुलनामा कात्तिकमा रेमिट्यान्स १ खर्ब १२ अर्ब रुपैयाँले बढेको छ । कात्तिकमा ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको कात्तिकमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले बढेर ३ अर्ब ६० करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो ।
कात्तिकमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ३७ हजार ७५ र पुन: श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८४१ रहेको छ ।
गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमश: १ लाख ९६ हजार ७३५ र ८७ हजार ४२८ रहेको थियो । यो अवधिमा खुद ट्रान्सफर २४.९ प्रतिशतले बढेर ५ खर्ब २१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २०.२ प्रतिशतले बढेको थियो ।
FACEBOOK COMMENTS