काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग संयुक्त राष्ट्रसंघ (यूएन)का प्रतिनिधिहरूले भेटवार्ता गरेका छन्।
सोमबार अर्थ मन्त्रालयमा यूएनका एस्क्यापकी अन्डर सेक्रेटरी अर्मिदा सलसिह अलिसझावनालगायतसँग मन्त्री डा महतको भेट भएको हो।
भेटमा डा महतले नेपालको अर्थतन्त्रको वर्तमान समसामहिक अवस्था, संयुक्त राष्ट्रसंघले नेपाललाई गर्दै आएको सहयोग र आगामी दिनमा नेपालमा लगानीको प्राथमिकताकाबारेमा चर्चा गरेका थिए।
यूएनकी अर्मिदाले नेपालको आर्थिक अवस्थाकोबारेमा चासो राखेकी थिइन्।
FACEBOOK COMMENTS