सरकार गठनबारे माओवादी नेता श्रेष्ठले भने, ‘भोलिसम्म जसरी पनि टुङ्गो लगाउँछौँ’
कर्पोरट खबर
7:50 pm, शनिबार, पुस ९, २०७९
काठमाडौँ । नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले सरकार गठनको विषय भोलि बस्ने बैठकले जसरी पनि टुङ्गो लगाउने बताएका छन् । राष्ट्रपति दिएको समयभित्र नै सरकार गठनका लागि गठबन्धनका दलहरूबिच सहमति जुटाउने प्रयास रहेको उनले बताए ।
सरकार गठनका लागि राष्ट्रपति दिएको समय आइतबार सकिँदै छ । श्रेष्ठले थप समय माग्ने सोच नभएको बताए । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले भने राष्ट्रपतिले दिएको समय नमिलेको र थप समय मागेर गठबन्धनकै सरकार बनाउन सहमति खोज्ने बताएका छन् ।
FACEBOOK COMMENTS