काठमाडौं । आज मंगलबारबाट नेपालमा एसीसी प्रिमियर कप सुरु भइरहेको छ । अहिले मलेसियाविरुद्ध नेपालले पहिला बलिङ गरिरहेको छ ।
टस जितेर पहिले ब्याटिङ रोजे मलेसियाले २२ ओभर ५ बलमा १ सय रन बनाएर १ विकेट गुमाएको छ ।
काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले पहिलो सफलता प्राप्त गरेको छ ।
नेपालका लागि गुलशनले पहिलो सफलता दिलाएका हुन् । गुलशनले १७ रनमा खेलिरहेका मोहम्मद अमिरको विकेट लिएका हुन् ।
आज उद्घाटनको दिन दुई खेल हुदैछ । काठमाडौंको मुलपानी मैदान र टियु मैदानमा समान १–१ खेल आयोजना हुदैछ।
मुलपानी मैदानमा हुने खेलमा हङकङ र सिंगापुरबीच खेल हुदैछ । यो खेल मुलपानी मैदानमा आयोजना हुने पहिलो अन्तराष्ट्रिय खेल पनि हो ।
मुलपानी मैदानमा यस अघि विभिन्न राष्ट्रिय प्रतियोगिताहरु आयोजना हुदै आएको थियो ।
टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ । नेपालले घरेलु मैदानमा मलेसियासँग ५० ओभरको खेल पहिलो पटक खेल्न लागेको हो ।
दुवै खेल बिहान नौ बजे सुरु हुनेछ । फाइनल बाहेकका हरेक दिन दुवै मैदानमा समान १–१ खेल हुनेछ ।
वैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।
कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ ।
यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ुएु मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ुबीु मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।
हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ।
फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।
यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।
FACEBOOK COMMENTS