काठमाडौं । एसीसी यू– १९ एसिया कपमा नेपालले श्रीलंकालाई जितको लागि ८३ रनको लक्ष्य दिएको छ ।
दुबईको द सेभेन्स रंगशाला जारी खेलमा श्रीलंकासँग कमजोर प्रदर्शन गर्दै नेपाल २८ दशमलव ५ ओभरमा ८२ रनमै अलआउट भएको हो ।
श्रीलंकाका सेथ्मिका सेनेविरत्नले ९.५ ओभरमा २५ रन खर्चेर ५ विकेट लिँदै नेपालको इनिङ्स ध्वस्त पारे ।
यही मङ्सिर २६ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन् ।
नेपाल समूह ‘बी’मा छ । नेपालसँगै बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया छन् ।

FACEBOOK COMMENTS