काठमाडौं । एसीसी यू–१९ प्रिमियरको ग्राण्ड फाइनलमा नेपाल आज यूएईसँग उपाधिका लागि भिड्दै छ । नेपालका कप्तान अशोक धामीले टस जितेर पहिले फिल्डिङ रोजे ।
प्रतियोगितामा अपराजित नेपालले सेमिफाइनलमा मलेसियालाई जितेर फाइनलमा स्थान बनाएको थियो । यस्तै यूएईले ओमानलाई सेमिफाइनलमा ८ विकेटले हराएर फाइनमा पुगेको हो ।
आजको म्याचमा नेपालले सुशील रावल, सिब्रिन श्रेष्ठ र दिलसाद अलीलाई बाहिर राखेको छ ।
नेपालको प्लेइङ ११ मा कप्तान अशोक सहित निश्चल क्षेत्री, आशिष लोहार, दर्श सोनार, दयानन्द मण्डल, नितेश पटेल, चन्दन राम, रोशन विके, अपराजित पौडेल, वंश क्षेत्री, र निरज यादव रहेका छन् ।
FACEBOOK COMMENTS