जनकपुरधाम । सप्तरीमा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
२४ जना भन्दा बढी यात्री घाइते भएका छन् ।
मृत्यु हुनेमा सप्तरीको सप्तीकोशी नगरपालिका–१ बस्ने ७५ वर्षीय रत्नबहादुर मगराती छन् ।
अर्की एक महिलाको भने पहिचान खुलेको छैन ।
आइतबार मध्याह्न १२ बजेतिर सप्तरीको कञ्चनरुप नगरपालिका १० बदगामा उदयपुरबाट विराटनगर तर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको यात्रुबाहक बस आफैं अनियन्त्रित भएर पल्टेको इलाका प्रहरीको भनाई छ।
बस चालक झापाको मेचिनगर नगरपालिका ७ का ४७ वर्षीय अमृत दर्जी र बसलाई इलाका प्रहरी कार्यालय कन्चनपुरको नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS