धनगढी । डोटीमा शुक्रबार अपराहन्न जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
अपराहन्न करिब १: ४५ डोटीको मौवाको खिराधारमा आदर्श गाउँपालिकाबाट मेल्लेखतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १३९५ नम्बरको जीप करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दुई जना घटनास्थलमै र एक जनाको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुघटनामा घाइते पाँच जना मध्ये चार जनाको अवस्था गम्भीर रहेको र उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS