भक्तपुर । सूर्यविनायक नगरपालिका‐९ मिलनचोकमा साँगाबाट जगातीतर्फ आउँदै गरेको ना ५ ख २३६१ नं। को निजी गाडीले पैदलयात्रीलाई आज साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
निजी बोलेरोले ठक्कर दिँदा गोरखा पालुनटार नगरपालिका‐२ घर भई हाल सूनपा‐९ नलिञ्चोक बस्ने ३८ वर्षीय कमल बयलकोटीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते बयलकोटलाई उपचारका लागि ईवामुरा अस्पताल भक्तपुर लगे पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि ललितपुरस्थित सुमेरु अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको उनले जानकारी दिए ।
प्रहरीले ठक्कर दिने गाडी र सवारी चालक सर्लाही लालबन्दी नगरपालिका‐१६ बस्ने २३ वर्षीय सागर माझीलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।
FACEBOOK COMMENTS