काठमाडौं । भक्तपुरको गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा महिलाको ज्यान गएपछि अवस्था तनावपूर्ण बनेको छ ।
आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमा आगो लगाएका छन् । यद्यपि, प्रहरीले तत्काल आगो निभाएको छ । अवस्था तनावपूर्ण बनेपछि अहिले त्यहाँ सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
बा ४९ प ८९४४ नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरिरहेको थियो । तर, ना ६ ख २१७३ नम्बरको ट्रकले एक्कासी ब्रेक लगाउँदा स्कुटरलाई करिब २० मिटर घिसारेको हो ।
ट्राफिकले लुकेर चेकजाँच गरेको र ट्रकले एक्कासी ब्रेक लगाउनपर्दा दुर्घटना निम्तिएको भन्दै सर्वसाधारणले विरोध गरेका छन् । यस क्रममा केही सवारीसाधनमा तोडफोडसमेत गरिएको छ ।
मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनास्थलमा तनाव भएकाले प्रहरीले थप प्रक्रिया सुरू गर्न नसकेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले बताए ।
FACEBOOK COMMENTS