जाजरकोट । नेपालगन्जदेखि राडिबजार आउँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस जाजरकोटमा राति दुई बजे दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जाजरकोटकी १८ वर्षीया अनिला नेपाली र रुकुम पश्चिमकी २४ वर्षीया सन्ध्या मल्ल शाहीको मृत्यु भएको छ भने २९ जना घाइतेको उद्धार गरिएको छ ।
बस दुर्घटनाका गम्भीर घाइते ६ जनालाई हेलिकप्टरबाट थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेपछि उनीहरूलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको हो ।
दुर्घटनामा बेहोस भएका उनीहरूलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था छ । तीन जनाको अहिलेसम्म होस खुल्न सकेको छैन । उनीहरू सबैको अवस्था गम्भीर छ । त्यस्तै बिपना परियार, वर्षा परियार, अभिसेक परियार, दत्ते नेपाली, शेरबहादुर खत्री, मोहन खत्री, संगिता बुढा र काली बोहरालाई गाडीबाट नेपालगञ्ज पठाइएको छ । पाँच जना सामान्य उपचारपछि घर फर्किएका छन् । नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । एक जनाको चौरजहारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS