काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित सडकखण्डमा यात्रुबाहक बसको ठक्करबाट अटो चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौँडाबाट पतलैयातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ०२४२ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ अ ६४ नं को अटोलाई ठक्कर दिँदा बाराको रतनपुर घर भएका २६ वर्षीय मिलन सुनारको आज मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका सुनारको हेटौँडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगगरी अटोमा सवार हेटौँडा–१२ का ३५ वर्षीय सुवास सुनार घाइते भएको र उनको उपचार भइरहेको छ । अटोलाई ठक्कर दिने बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
FACEBOOK COMMENTS