काठमाडौं । ताप्लेजुङको पाथीभरा जाँदै गरेको दर्शनार्थी सवार बोलेरो जीपमा करेन्ट लाग्दा घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै छ ।
दुर्घटनामा घाइते भएका ललितपुर महानगरपालिका–१० की ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा भविमय आचार्यलाई थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो ।
उनीहरूलाई जिल्लामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो । त्यसका लागि काठमाडौंबाट हेलिकोप्टर ताप्लेजुङका लागि प्रस्थान गरिसकेको प्रहरीले जनाएको छ ।
सदरमुकाम फुङ्लिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीपमा आज बिहान फुङलिङ नगरपालिका–१० को सेवारोचोकमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो ।
सो घटनामा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर महानगरपालिका–१० बस्ने सबिना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका–१५ बस्ने ७० वर्षीय विनोद पौडेल, विनोद पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र चालक ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० बस्ने अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराई छन् ।
FACEBOOK COMMENTS