नाइजेरियामा डुंगा दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ । उक्त डुंगामा दर्जनौँ यात्रु सवार रहेको र तीमध्ये अधिकांश बालबालिका रहेको उद्धारमा संलग्न राष्ट्रिय निकाय तथा सुरक्षाकर्मीले जनाएकोे छ ।
डुंगा ओभरलोडेड भएको थियो र आज दुर्घटनामा परी अन्य करिब एक दर्जन हराएका छन् । दुर्घटनामा परेको डुङ्गामा अत्यधिक भार भएको र खराब मौसमका कारण नदीमा आएको बाढीका कारण डुङ्गाले सन्तुलन गुमाएको हो । अहिलेसम्म कूल २९ मृत शरीर पानीबाट बाहिर निकालेको र बाँकी १३ जनाको अवस्था पत्ता लगाउन लागिपरेका छन् ।
गत राति २० जना र आज बिहान नौ जनालाई मृत अवस्थामा नदीबाट निकालिएको थियो । उक्त दुर्घटनामा परी घाइते अवस्थामा रहेका सात जनालाई उद्धार गरि उपचारका लागि अस्पताल पठाइएको छ ।
FACEBOOK COMMENTS