काठमाडौं । काठमाडौंको तिनकुनेमा एक एम्बुलेन्स दुर्घटनामा परेको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिक–१ डुम्जाका बिरामीलाई काठमाडौंको टेकु अस्पतालमा छोडेर फर्किने क्रममा ज १ च १७६६ नं को नेपाल रेडक्रम सोसाइटीको एम्बुलेन्स राति करिब १० बजेतिर दुर्घटनामा परेको हो ।
महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायब उपरीक्षक ९डीएसपी० हरि खतिवडाले उक्त एम्बुलेन्स रोड डिभाइडरमा ठोकिएर दुर्घटना भएको देखिएको बताए ।
एम्बुलेन्समा चालक मात्र हरेका थिए । चालक दुर्गा कोइराला सामान्य घाइते र उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS