कञ्चनपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर नजिक यात्रुवाहक हाइस ९भ्यान० दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।
आज साँझ महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको बागमती प्रदेश–०१०३२ च ३२४१ नम्बरको हाइस विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउने प्रयास गर्दा अनियन्त्रित भई सडक छेउमा पल्टिएको जनाइएको छ ।
घाइतेहरूको झलारीस्थित टी एन्ड सी अस्पतालमा उपचार भइरहेको र ती मध्ये एक जनाको अवस्था मध्यम रहेकापछि अन्य सामान्य रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिनुभयो ।
FACEBOOK COMMENTS