काठमाडौँ । काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित सडकमा बस दुर्घटना भएको छ । बुधबार साँझ पिकनिक खाएर साँखुतर्फ फर्कंदै गर्दा बस सडकबाट तल खसेर दुर्घटना भएको हो ।
प्रहरी र स्थानीयवासीका अनुसार बस सडकबाट करिब १०० मिटर तल खसेको र दुर्घटनामा परेकाको उद्धार गरेर अस्पताल पुर्याइएको छ ।
बा ४ ख ८७८८ नम्बरको बसमा करिब ४० यात्रु रहेको बताइएको छ । प्रहरीले कम्तिमा ३० जना घाइते भएको र केहि अवस्था गम्भीर रहेको बताएको छ ।
उद्धार गरिएका घाइतेहरूलाई उपचारका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल र पिपुल्स लाइफ केयर लगायतका अस्पतालमा पुर्याइएको छ । दुर्घटनाको कारण र थप विवरण आउन बाँकी रहेको छ ।
FACEBOOK COMMENTS