सुनसरी । जनकपुरबाट भेडेटारमा शैक्षिक भ्रमणका लागि आएको एक निजी विद्यालयको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
आइतबार दिउँसो करिब सवा ४ बजे धरानको जिरो प्वाइन्टमा जनकपुरस्थित इन्टरनेशनल टेम्स एकेडेमीको को १ ख ७११९ नम्बरको बस दुर्घटनामा परेको हो । सुनसरी प्रहरीका अनुसार भेडेटार घुमेर फर्कने क्रममा बस अनियन्त्रित भई दुर्घटना भएको हो ।
उक्त बसमा विद्यार्थी नभई विद्यालयका शिक्षक तथा कर्मचारीहरू सवार थिए । जिरो प्वाइन्टमा एउटा स्कुटरलाई बचाउने क्रममा अनियन्त्रित भई बस सडक छेउको एक मेडिकल पसलमा ठोकिएको र त्यसपछि सडकमा पल्टिएको थियो ।
दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस्तै, घाइते १७ जनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पुर्याइएको छ ।
FACEBOOK COMMENTS