धनगढी । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर फर्किँदै गरेको बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
सुप प्र ०२–००१ ख १११९ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको छ र हाल पुर्चौडी र ढोल्यामोडबाट प्रहरी टोली खटिएको र स्थानीयवासीको सहयोगमा उद्धार कार्य भइरहेको छ ।
दुर्घटनामा घाइते भएका १५ जनालाई नजिकैको अस्पतालमा लगिएको छ भने अन्य घाइते तथा क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
FACEBOOK COMMENTS