काठमाडौँ । मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको ईभी माइक्रोबस दुर्घटनामा पर्दा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।
प्रहरीले बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोमा १४ जना सवार रहेको जानकारी दिएको छ । तीर्थयात्री बोकेको ईभी माइक्रोबस मन्दिर दर्शन सकेर फर्किने क्रममा सडकबाट अनियन्त्रित भई दुर्घटनामा परेको बताइएको छ ।
घाइते केहिको अवस्था गम्भीर रहेको बताउदै प्रहरीले मृतकहरूको पहिचान खुल्न नसकेको र दुर्घटना बारे अनुसन्धान गरिरहेको बताएको छ ।
FACEBOOK COMMENTS