सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन
कर्पोरट खबर
8:11 pm, मंगलबार, कात्तिक १०, २०८३
- कोशी प्रदेश सरकारले सप्तकोशी नदी बोट दुर्घटनाको छानबिनका लागि प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा ७ दिनभित्र प्रतिवेदन बुझाउने समिति गठन गरेको छ।
- मन्त्रिपरिषद्ले मृतक परिवारप्रति समवेदना प्रकट गर्दै हराइरहेकाको खोजी गर्न सम्बन्धित निकायमा आग्रह गर्ने निर्णय गरेको छ।
विराटनगर । कोशी प्रदेश सरकारले कात्तिक ८ गते धनकुटा, भोजपुर र उदपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा बोट दुर्घटनाको सत्य, तथ्य अध्ययन एवं छानबिनको लागि प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा ७ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले सो प्रतिवेदन सभामा पेश गर्ने निर्णय भएको बताए ।
त्यसैगरी प्रवक्ता शेर्पाका अनुसार बैठकले यही कात्तिक ८ गते धनकुटा, भोजपुर र उदपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा बोट दुर्घटनाको सत्य, तथ्य अध्ययन एवं छानबिनको लागि प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन भएको छ ।
बैठकबाट मृतक परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै दुर्घटनामा हराइ रहेका व्यक्तिको खोजी गर्न सम्बन्धित निकायमा आग्रह गर्ने निर्णय भएको प्रवक्ता शेर्पाले बताए । उनले कोशी प्रदेश समन्वयात्मक पर्यटकीय सेवा कक्ष तथा ‘हटलाइन’ सञ्चालन निर्देशिका, २०८३ स्वीकृत भएको जानकारी दिए ।