बाँके । लुम्बिनी प्रदेशकी शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले भालुबाङ बस दुर्घटनाका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी छिन् ।
दुर्घटनाका घाइतेहरूलाई भेट्न नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगेर उनले त्यहाँ उपचाररतहरूको स्वास्थ्य अवस्था बुझ्दै उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी हुन् ।
दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मन्त्री केसीले उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशनसमेत दिइन् ।
अस्पताल प्रशासन, उपचारमा संग्लन चिकित्सक र बस समितिका प्रतिनिधिलाई मन्त्री केसीले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्दै भनिन्, ‘बस समितिले घाइतेहरूको उपचार गर्छ र अहिले गरिरहेको पनि छ । तपाईंहरू (चिकित्सक) ले पनि उपचारमा कुनै कमी हुन नदिनुहोला ।’
आर्थिक अभावकै कारण घाइतेहरूको उपचारमा समस्या आउन दिन नहुने उनको भनाइ छ । मन्त्री केसीले नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनाबाट आफू मर्माहत भएको बताउँदै ज्यान गुमाएकाहरूका परिवारजनमा शोक व्यक्त गरिन् ।
शिक्षण अस्पताल कोहलपुरमा उपचारत १३ जना घाइतेहरूमध्ये एक जना डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ । हाल उपचारत १२ जना घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
नेपालगञ्जबाट काठमाडौंका लागि छुटेको बस शुक्रबार राति दाङको भालुवाङस्थित राप्ती नदी पुलबाट खसेर दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए ।
राप्ति बस दुर्घटना अपडेटः मृतक १२ मध्ये ८ जनाको सनाखत
FACEBOOK COMMENTS