![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य सात जना घाइते भएका छन् ।
जिल्लाको दोगडाकेदार गाउँपालिका–८ कालागाउँकी १५ वर्षीया मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।
दोगडाकेदारको सिल्लेगडाबाट कालागोरा गाउँ जाँदै गरेको सुपप्र ०१००२ ज १५३७ नम्बरको जिप आज दिउँसो वडा नं २ को कटौजपानीमा दुर्घटना भएको हो ।
दुर्घटनामा दोगडाकेदार– ८ कै चालकसमेत रहेका ३० वर्षीय भुपेन्द्र विष्ट, सोही ठाउँका ६५ वर्षीय गणेश विष्ट, ५० वर्षीया वीरे लुहार, २६ वर्षीया घुमरा विष्ट, ५० वर्षीया कृष्णा विष्ट, ७० वर्षीया हरिमाया विष्ट र १७ वर्षीय महेश विष्ट रहेका छन् ।
घाइतेमध्ये जिप चालक भूपेन्द्रको अवस्था गम्भीर रहेको प्रवक्ता जोशीले बताए । घाइतेको उद्घार गरी उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ । जिपमा चालकसहित आठ जना सवार थिए ।
FACEBOOK COMMENTS