काठमाडाैं । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै यात्रुवाहक बस दुर्घटना मृत्यु भएको सबैको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मृत्यु भएका १० जनाकै सनाखत भएको जनाएको छ।
दुर्घटनामा मृत्यु हुनेहरूमा रौतहट औराही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सैनिक हल ३ बस्ने कालिजंग गण गोरुसिंगे, नेपाली सेनामा कार्यरत अर्जुनकुमार योगी र भारत उत्तर प्रदेश मुरदाबादका सकिल मुसलमान छन् ।
त्यस्तै भीमदत्त नगरपालिका–१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त–४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका–१६ कञ्चनपुरका सन्जु थापा, पुनर्वास नगरपालिका निवासी किसन भट्टको मृत्यु भएको छ ।
भीमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भीमदत्त नगरपालिका–२ बस्ने सुदीप भट्ट र पुनर्वास नगरपालिका–९ बिसफाँटा बस्ने विमला देवी भट्ट रहको प्रहरीले जनाएको छ।
महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको सडकबाट दुई सय मिटर तल खसेको थियो । घटनामा ३० जना घाइतेको भएका छन् ।
कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा घाइतेको नौ जनालाई बुटवल पठाइएको र अरुको स्थानीय अस्पताल उपचार भइरहको बताए । दुर्घटनाको कारण अझै खुल्न नसको बताए ।
FACEBOOK COMMENTS