बारा । बाराकाे अमलेखगञ्जमा आज बिहान बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । बिहिबार बिहान भएकाे दुर्घटनामा परि घाइतेमध्य १४ जनाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यलय बाराले जानकारी दिएकाे छ ।
दुर्घटनामा परेका १५ घाइतेलाइ विभिन्न अस्पतालमा लगिएकाे थियाे । प्रहरीका अनुसार १२ जनाकाे मृत्यु भने हेटौंडा अस्पतालमा भएकाे हाे ।
चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा थप १–१ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर बलराम श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा ७ पुरुष र ६ महिला छन् । उनीहरुको सनाखत हुन बाँकी छ ।
इन्सपेक्टर श्रेष्ठका अनुसार दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेहरुको चुरेहिल, हेटौंडा र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।
नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल अमलेखगञ्ज नजिक दुर्घटना भएको थियो ।
FACEBOOK COMMENTS