काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले जनादेशपछि जनताको अपेक्षाअनुसार अब बन्ने सरकारले काम गर्ने बताएका हुन् ।
आजदेखि सुरू भएको नवनिर्वाचित प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति अर्याल जनताको अपेक्षा अनुसारको काम गर्नुपर्ने समय आएको बताएका हुन् ।
उनले जनताले रास्वपालाई अति मन पराएर मात्र मत नदिएको भन्दै विगतमा पुराना दलले गरेको कामबाट निराश भएर तथा वरिष्ठ नेता बालेन शाह र सभापत रवि लामिछानेप्रति जनताले देखाएको विश्वास समेत भएको बताएका छन् ।
उपसभापति अर्यालले आफुहरूका हरेक गतिबिधिलाई जनताले हेरिरहेको भन्दै इतिहास लेख्ने अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । उनले सबै नवनिर्वाचित सांसदहरूलाई आफ्नो जिम्मेवारी निभाउन तयार हुन आग्रह गरेका छन् ।
आपसी खिचातानीमा नअल्मल्लिएर जिम्मेवारी निभाउनु पर्ने आवश्यकता भएको भन्दै उनले कार्यक्रममा सिकेका कुरा व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए ।

FACEBOOK COMMENTS