काठमाडौं । अछाम क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि झपट बोहोराले मनोनयन दर्ता गराउन जाँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नारावाजी भएको छ ।
बोहोराले उम्मेदवारी दर्ता गराउन जाँदा आइतबार दिउँसो ‘नेकपा एमाले जिन्दवाद, केपी ओली मुर्दावाद’को नारा लागेको हो ।
नारावाजी गर्नेहरुले कालोझण्डा पनि देखाएका छन् ।
अछाम १ बाट प्रतिनिधिसभा सदस्यका लागि एमाले नेता भीम रावल एकल सिफारिस भएका थिए । तर, एमाले अध्यक्ष ओलीले बोहोरालाई टिकट दिएका छन् ।
FACEBOOK COMMENTS