काठमाडौं । अभिनेता राजेश हमालले यस वर्ष पनि विजया दशमीको भोलिपल्ट मात्रै दसैंको टीका लगाएका छन्।
बुधबार विजया दशमी मनाइए पनि उनले बिहीबार दसैंको टीका लगाएका हुन्।
राजेशले सामाजिक सञ्जालमार्फत दसैंको टीकाका तस्बिर सार्वजनिक गरेका छन्। तस्बिरमा उनी जीवनसंगिनी मधु भट्टराई लगायतसँग देखिएका छन्।
राजेश हमालले विजयादशमीको भोलिपल्ट मात्र टीका लगाउनुको पछाडि भावनात्मक कारण छ। विजया दशमीकै दिन उनकी आमाको निधन भएको थियो।
त्यसैले उनी दुई दशकभन्दा लामो समयदेखि दसैंको मुख्य दिन टीका लगाउँदैनन्।
उक्त दिन आमाको श्राद्ध गर्ने र भोलिपल्ट मात्रै टीका लगाउने गरेका हुन्।

