सर्लाही । अभिनेता विजय बरालले सर्लाहीबाट मतदान गरेका छन् । सर्लाहीको लालबन्दी–९ स्थित बस्तीपुर केन्द्रबाट प्रतिनिधिसभा निर्वाचनको मतदान गरेका हुन् ।
मतदान गरेपछि अभिनेता बरालले आजको मतले भोलिको परिवर्तन गर्ने बताएका छन् ।
उनले भनेका छन्– ’आजको मत, भोलिको परिवर्तन । आज मैले मेरो अधिकार मात्र होइन, जिम्मेवारी पनि पूरा गरेँ । मेरो सानो मतले ठूलो परिवर्तन ल्याओस् ।’
FACEBOOK COMMENTS