काठमाडौँ । नेपालका चर्चित कलाकार अनुप विक्रम शाही र प्रदीप खड्काले डिजाइन र प्रविधिका कारण नेपालमा लोकप्रिय बनेको दिपल एस०७ खरिद गरेका छन् ।
पछिल्ला डेलिभरीहरूले इन्टेलिजेन्ट र स्टाइलिस एसयुभी दिपल एस०७ अझै पनि प्रभावशाली व्यक्तिहरूको रोजाइ परिरहेको तथ्यलाई थप मजबुत बनाएको छ ।
पछिल्लो समयमा रिलिज भएको साइन्सफिक्सन सिनेमा एक्लो लगायत थुप्रै चलचित्रहरूमार्फत दर्शकको मन जित्न सफल अग्रणी अभिनेता तथा स्टाइल आइकन प्रदीप खड्काले एस०७ को फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधिका कारण आफ्नो ग्यारेजमा नयाँ दिपल थपेको बताए ।
त्यसैगरी, बलिउड स्टार सलमान खानसँग बहुप्रतिक्षित सिनेमा ब्याटल अफ गल्वानमा स्क्रिन सेयर गरेर आफ्नो ख्याती विश्वभर चिनाएका लोकप्रिय अभिनेता अनुप विक्रम शाहीले पनि भर्खरै दिपल एस०७ खरिद गरेका हुन् ।
अनुप विक्रम शाही र प्रदीप खड्कालाई दिपल परिवारमा स्वागत गर्न पाउँदा एमएडब्लु वृद्धि गौरवान्वित भएको छ । उत्कृष्टताप्रति उनीहरूको प्रतिबद्धता र उनीहरूको स्टाइल आइकन पहिचान दिपल एस०७ को इनोभेसन, स्टाइल र फ्युचर रेडी पर्फर्मेन्स जस्ता मूल्यसँग पूर्ण रुपमा मेल खान्छ ।

एक दर्जनभन्दा बढी इन्डस्ट्रि फस्ट फिचर र विशिष्ट डिजाइन फिलोसोफीका लागि परिचित दिपल एस०७ आईसीले नेक्स्ट जेनेरेसन इन्टेलिजेन्ट कनेक्टिभिटीको अनुभव दिन्छ । यसमा रहेका जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्टिग्रेटेड हेडरेस्ट र आउडोर स्पिकर जस्ता फिचरले दिपललाई नेपालकै नं. १ लक्जरी इभी बनाएको छ ।

FACEBOOK COMMENTS