काठमाडौं । पञ्जाब किङ्सले आईपीएल–२०२५ को उपाधि नजिते पनि कप्तान श्रेयस अय्यरलाई फ्यानहरूको मायामा कमी देखिएको छैन ।
यसको पछिल्लो उदाहरण फिल्म अभिनेत्री एडन रोजको अभिव्यक्ति हो, जुन उनले एक अन्तर्वार्तामा दिएकी छन् । अय्यरलाई आफ्नो पति र उनका बच्चाहरूको आमा मानेको बताएर उनी चर्चामा छिन् ।
‘बिग बोस–१८’ फेम अभिनेत्री एडन रोजले दिएको एक अन्तर्वार्तामा आफ्नो मनपर्ने क्रिकेटरको बारेमा कुरा गरेकी थिइन् । उनले भनिन्, ‘म श्रेयस अय्यरलाई धेरै मन पराउछु । उनीसँग भेटेकै स्थलमै विवाह गर्न चाहन्छु । आफ्नो दिमागमा आफूलाई म उनको बच्चाहरूको आमा मान्छु ।’
यस क्रममा रोजले श्रेयसका चार गुणहरू पनि बताइन् । उनले अय्यर अग्लो, कालो र सुन्दर रहेको बताउँदै उनको दाह्री पनि राम्रो रहेको बताइन् ।
श्रेयस अय्यरको नेतृत्वमा पञ्जाबले उपाधि जित्न नसके पनि टोली २०१४ पछि पहिलो पटक फाइनलमा प्रवेश गर्न सफल भयो । उनी तीन फरक टोलीसँग आईपीएल फाइनलमा पुग्ने पहिलो कप्तान हुन् ।
श्रेयस यसअघि २०२० मा दिल्ली क्यापिटल्ससँग र २०२४ मा कोलकाता नाइट राइडर्ससँग आईपीएलको फाइनलमा पुगेका थिए । उनको कप्तानीमा केकेआरले गत वर्ष पनि उपाधि जितेको थियो ।
FACEBOOK COMMENTS