काठमाडौं । विश्वभर फैलिएको मोबिलिटी र अर्बन सेवाहरूको प्लेटफर्म इन ड्राइभले आफ्नो ब्राण्ड एम्बेस्डर घोषणाा गरेको छ ।
काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि इन ड्राइभले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको हो ।
यस घोषणा संगै, इन ड्राइभले आफ्नो नयाँ ३६० डिग्री अभियान पनि सुरु गरेको जनाएको छ ।
यस अभियानको उद्देश्य इन ड्राइभको पियर–टू–पियर मोडेललाई प्रकट गर्नु हो, जसमा प्रयोगकर्ताले आफ्नो भाडा सेट गर्न र चालकसँग प्रत्यक्ष रूपमा बार्गेनिङ गर्न सक्छन् । यसले यात्राको प्रत्येक क्षणमा स्वतन्त्रता प्रदान गर्दछ ।
यस अभियानमार्फत आफ्नो पहिचानलाई अझ बलियो बनाउँदै निष्पक्ष मूल्य निर्धारण, स्वतन्त्रता र समुदाय सशक्तिकरणमा आफ्नो प्रतिबद्धता थप पुष्टि गरेको इन ड्राइभले दाबी गरेको छ ।
अभिनेत्री स्वस्तिमा खड्काले इन ड्राइभको ब्राण्ड एम्बेसडर हुँन पाउँदा निकै खुशी रहेको बताउदै उनले भनिन्, इन ड्राइभ एक यस्तो प्लेटफर्म हो जुन निष्पक्षता र स्वतन्त्रताको पक्षमा खडा छ । इन ड्राइभमा यात्रु र चालक विच उचित भाडा दरमा सहमती भएर यात्रा गर्न सकिन्छ । साथै इन ड्राइभले यात्रुको सुरक्षामा कुनै सम्झौता गरेको छैन ।
त्यस्तै एपीएसीका रिजनल डाइरेक्टर मार्क टोलीले ३६० डिग्री अभियान अन्र्तगत कुनै पनि यात्रा यात्रुको रोजाई बाटै सुरु हुने जिकीर गरे । साथै अभिनेत्री स्वस्तिमा खड्कालाई ब्राण्ड एम्बेसडर नियुक्त गर्न पाउँदा खु:सी लागेको सुनाए ।
इन डाईभ नेपालकी निर्देशक रीता पोखरेल, इन डाइभले हरेक यात्रुको यात्रालाई सुलभ मूल्यमा सहज बनाउन सदैव तत्पर रहेको बताइन् । साथै यात्रु र चालकले इन ड्राईभलाई रोज्नु वास्तवमै महत्वपूर्ण निर्णय भएको महशुस गर्ने पनि दाबी गरिन् ।
इन ड्राइभ एक विश्व मोबिलिटी र अर्बन सेवाहरूको प्लेटफर्म हो, जसलाई ३६० मिलियनभन्दा बढी डाउनलोड गरिएको छ र लगातार तीन वर्षसम्म विश्वको दोस्रो सबैभन्दा बढी डाउनलोड गरिएको मोबिलिटी एप को रूपमा मान्यता प्राप्त छ ।
इन ड्राईभ सवारी बुकिङको मात्र होइन, शहरी भित्र यात्राको सुविधा, डेलिभरी र अन्य अर्बन सेवाहरू पनि प्रदान गर्दै आएको छ । इन ड्राइभ अहिले ४८ देशका ९८२ शहरहरू मा सञ्चालन भइरहेको छ ।
FACEBOOK COMMENTS