काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारण सभा बोलाएको छ ।
फागुन ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फागुन ३० गते विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी २ करोड ७ लाखको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
डिप्रोक्स लघुवित्तले प्राप्ति गर्न लागेको यस कम्पनीले प्राप्ति प्रक्रियाका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभामार्फत गराउँनेछ ।
डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई समान हैसिएतमा प्राप्ति गर्न लागेको हो । उल्लेखित प्रस्तावहरूसँगै साधारण शेयरधनीको तर्फबाट दुई जना सञ्चालक निर्वाचनको प्रस्ताव समेत सभाका लागि तय भएको छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन १५ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
डिप्रोक्स लघुवित्तले पनि प्राप्तिसँगै अन्य विविध प्रस्ताव पारितका लागि फागुन ३० गतेनै २१औं वार्षिक साधारण सभा बोलाएको छ ।
FACEBOOK COMMENTS