काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
हिजो बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले शेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
३.२५ प्रतिशत बोनश शेयर र ९.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
साथै नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS