काठमाडौँ । कोभिड–१९ विरुद्धको ३० लाख ७२ हजार ३ सय ७७ डोज खोप नेपाल आइपुगेको छ । भारत र चीनबाट उक्त खोप नेपालमा ल्याइएको हो । चीनबाट भेरोसेलको १२ लाख १ हजार ८ सय ७७ डोज र भारतबाट १८ लाख ७० हजार ५ सय डोज कोभिडशिल्ड खोप नेपालमा ल्याइएको हो ।
सोमबार प्राप्त खोपसहित नेपालमा हालसम्म ३ करोड ८५ लाख ३९ हजार ३ सय ५७ डोज खोप प्राप्त भएको छ । हालसम्म प्राप्त खोप मध्ये ९३ लाख १७ हजार २ सय ९९ डोज खोप भण्डारणमा रहेको छ ।
केन्द्रीय र प्रदेश सहितका भण्डारणमा गरी ९३ लाख बढी डोज भण्डारणमा रहेको स्वास्थ्य सेवा विभागले जानकारी गराएको छ । हालसम्म १ करोड २० लाख ९३ हजार ९ सय ८२ जनाले एक मात्रा खोप लिएका छन् भने ९६ लाख ४६ हजार ७ सय २० जनाले दुवै मात्रा खोप लिइसकेका छन् । खोप अभियान सुरु भएदेखि २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनाले पूर्ण मात्रा खोप लिएका छन् ।
FACEBOOK COMMENTS